दफा २०
सदस्यता दर्ता प्रमाणपत्र
(१) दफा १९ को उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्ति संस्थाको सदस्यमा दरिन योग्य देखिएमा परिषद्ले त्यस्तो व्यक्तिको नाम संस्थाको सदस्यतामा दर्ता गरी सदस्यको किसिम खोली तोकिए बमोजिमको ढाँचामा सदस्यता दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(२) संस्थाले सदस्यताको श्रेणी अनुसार तोकिए बमोजिमको छुट्टा छुट्टै सदस्यता दर्ता किताब राख्नु पर्नेछ ।
(३) संस्थाको सदस्यता दर्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(२) संस्थाले सदस्यताको श्रेणी अनुसार तोकिए बमोजिमको छुट्टा छुट्टै सदस्यता दर्ता किताब राख्नु पर्नेछ ।
(३) संस्थाको सदस्यता दर्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।